जिल्ला अधिवेशन उद्घाटनका लागि कैलाली आइपुगे ओली

समाचार शेयर गर्नुहोस्

कैलाली । एमाले अध्यक्ष केपी शर्मा ओली कैलाली आइपुगेका छन् । आजबाट सुरू हुँदै गरेको कैलालीको ९औं जिल्ला अधिवेशन उद्घाटन गर्न ओली यहाँ आएका हुन् ।

अधिवेशनअघि ओलीले बर्दगोरियाको गाउँपालिका कार्यालयको प्रशासनिक भवनको उद्घाटन गर्ने छन् । अधिवेशन आज र भोलि दुई दिन चल्नेछ ।

कैलाली अध्यक्षमा यज्ञ ढुंगाना, डेजी पान्डे र दुर्गा जोशीको दाबी छ । ५ पदाधिकारीमा ५३ जनाले दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको