काठमाडाैं,७ साउन
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको केन्द्रीय समिति बैठक आरोप प्रत्यारोप र कुण्ठा पोख्ने थलोमात्र बनेको टिप्पणी गरेका छन् ।
आइतबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले लामो समयपछि बसेको बैठकमा यस्ता गतिविधि देखिनु राम्रो लक्षण नभएको बताए ।
‘लामो समयपछि बसेको केन्द्रीय समितिको बैठक आरोप प्रत्यारोप र कुण्ठा पोख्ने थलो मात्र बनेको देखियो । यो राम्रो लक्षण हैन। यसले हामी हाम्रो लक्ष्य र गन्तव्यमा पुग्न सक्दैनौँ’, उनले भने ।
यस्तै उनले सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले विप्लव समूहलाई समेत समेटेर बनाएको समाजवादी मोर्चाका विषयमा कांग्रेसले छलफल गर्नुपर्ने बताए ।