काठमाडाैँ,
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबार सार्न चुनौती दिएका छन्। सिंहदरबारले महानगरलाई सहयोग नगरेको भन्दै असन्तुष्ट रहेका बालेन्द्र शाहले सिंहदरबार नै अन्यत्र सार्न चुनौती दिएका छन् ।
बालेनको अभिव्यक्तिमा आपत्ति जनाउँदै सरकारले स्थानीय तहले त्यस्तो गर्न नमिल्ने बताएपछि मेयर साहले सिंहदरबार अरु पालिकामा सार्न चुतौती दिएका हुन्।
‘कि काठमाडौँको हितमा काम गर्नुहोस् , कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्।’ उनले भने, ‘हामी काठमाडौं बासीलाई कुनै आपत्ति छैन , चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृती , कला, सभ्यता चाहिन्छ , राजनीति हैन ।’
सिंहदबारले महानगरलाइ सहयाेग नगरेकाे भन्दै बालेनकै निर्देशनमा सिंहदरबारमा चार दिनयता फोहोर उठ्न सकेको छैन।








