काठमाडाैं, ५ साउन
जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाको हिरासतमा रहेकी एकजना महिलाले आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार सर्लाहीको चक्करघट्टा गाउँपालिका वडा नं ८ बस्ने ४० वर्षीया हजरत खातुनले आत्महत्या गरेका हुन्।
हिजो राति करिब ११ बजेको समयमा थुनुवा खातुनले पेट दुख्यो भन्दै पेटमा बाँध्न सल मागेकाे र सोही सलको पासो लगाई करिब १२ बजे शाैचालयकाे ढाेकामा उनले आत्महत्या गरेकाे प्रहरीले जानकारी दिए।
साउन १ गते नेपाल भारत सीमा क्षेत्र मलंगवा नगरपालिका ८ झिलमिलियामाईबाट सशस्त्र प्रहरीले पाँच लाख ४ हजार नगद, १८७.७७ ग्राम चादी र ७.०७ सुन सहित खातुनसहित दुईजनालाई नियन्त्रणमा लिएको थियो ।
भन्सारले ३ लाख ३९ हजार धरौटी बुझाए छाड्ने भनेको थियो । तर धरौटी बुझाउन नसकेपछि उनलाई नेपाल प्रहरीलेलाई जिम्मा लगाएको थियो ।








