युद्ध विराम गर्न तयार

समाचार शेयर गर्नुहोस्

अमेरिका, इजरायल र इजिप्ट दक्षिणी गाजामा केही घन्टाका लागि युद्ध विराम गर्न तयार भएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार युद्ध विरामको समयमा इजिप्टसँगको नाका खुल्ला गरिने छ ।

तर हमसाले भने युद्ध विरामका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको बताएको रोयटर्सले नै जनाएको छ ।

सीमा नाका खुल्ला गर्नका लागि अन्तर्राष्ट्रिय सहायता एजेन्सीले इजिप्टमाथि दबाव दिँदै आएका थिए ।

अमेरिकाले शनिबार मात्रै गाजामा रहेका आफ्ना नगरिकलाई सीमा नाका खुल्न लागेको भन्दै तयार रहन र सीमा नजिक जान निर्देशन दिएको थियो ।

नाका खुल्ला भएमा गाजामा रहेका अन्य देशको नागरिकता भएका व्यक्तिहरु निस्कन पाउने छन् ।

यस्तै गाजामा राहत सामग्री र राहतकर्मी प्रवेश गर्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।