भत्ता बुझेर घर फर्किरहेका ७१ वर्षीय वृद्ध मृत फेला

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१६ साउन

बैतडीमा वृद्धभत्ता बुझेर घर फर्किँदै गरेका एक वृद्ध मृत फेला परेका छन्।

पञ्चेश्वर गाउँपालिका-६ रोडीदवल बस्ने ७१ वर्षीय धनसिंह भण्डारी गोगनपानी भन्ने ठाउँमा मृत फेला परेकाे हाे।

पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर ३ कुलाउँमा रहेकाे नविल बैंकबाट वृद्धभत्ता बुझेका भण्डारी हिजाे बेलुकीसम्म घर नपुगेपछि खाेजी गर्दा मृत भेटिनुभएकाे हाे ।

उहाँकाे शव आज बिहान फेला परेकाे हाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको