काठमाडौं ,२४ साउन
जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाँदा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ औडारमा बस्दै आएका एकै परिवारका तीनसहित छ जना बिरामी परेका छन् ।
स्थानीय २६ वर्षीय विकास चेपाङ्, ६ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीय सुनीमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एक जना पुरुष बिरामी परेका हुन्।
च्याउको तरकारी खाएपछि वान्ता आउने लगायतका समस्या भएपछि उनीहरुलाई राक्सिराङकै सरिखेत स्वाथ्य चौकीमा उपचार गरिएको थियो तर उक्त स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि भरतपुर अस्पताल पठाइएको जनाइएको छ।