काठमाडौं,३० साउन
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको १ क्विन्टल सुन तस्करी प्रकरणमा थप ३ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा २ जना पुरुष र १ जना महिला छन्। झाओ हुई, जोङ छ्याङ र ताङ जिङ (महिला) पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट नगद ३१ लाख नेपाली रुपैयाँ समेत बरामद भएको सीआईबी स्रोतले जानकारी दिएको छ।
यो प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन् ।