धनगढीको अत्तरियास्थित दोहोरी साँझमा कुटपिट, एकको मृत्यु, ६ जना पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडौँ । अखबारमा प्रकाशित समाचारले आफ्नो प्रतिष्ठालाई क्षति पुगेको भन्दै एक जनाले पत्रकारलाई माइकबाट दुई घण्टा गाली गर्नका लागि प्रशासनसँग अनुमति माग गर्दै पत्र पठाएका छन् ।

छिमेकी मुलुक भारतको प्रतापगढ जिल्लाको घटना हो यो । प्रतापगढ जिल्लाको दहिलामउ निवासी प्रतीक सिन्हा नाम गरेका व्यक्तिको जमिनमा केही अघि प्रशासनले डोजर चलाएको थियो । एक अखबारमा प्रतीक सिन्हाले सरकारी जमिन कब्जा गरेर अवैध प्लटिङ गरेको समाचार प्रकाशन भएपछि स्थानीय प्रशासनले उक्त कारबाही गरेको थियो ।

त्यसपछि प्रतीकले उक्त अखबारका मुख्य सम्पादक, स्थानीय सम्पादकसहितलाई पत्र लेख्दै समाचारसँग सम्बन्धित प्रमाण मागेका थिए । प्रमाण उपलब्ध नगराए अदालत जाने चेतावनीसहित उनले अखबारमा खण्डन प्रकाशित गर्न मागसमेत गरेका थिए ।

तर अखबारले बेवास्ता गरेपछि प्रतीकले उपजिल्लाअधिकारीलाई सम्बोधन गर्दै पत्र लेखेका छन् । उक्त पत्रमा सो अखबारका ब्युरो प्रमुख र जिल्ला संवाददातालाई २ घण्टासम्म माइकबाट गाली गर्न चाहेको भन्दै उनले त्यसका लागि अनुमति माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।