विधुत सट हुँदा निजगढमा आगलागी

समाचार शेयर गर्नुहोस्

बारा। बाराको निजगढ नगरपालिका-४ स्थित चारघरे टोलमा विद्युत सट हुँदा एक घरमा आगलागी भएको छ । स्थानीय हिरा तिमिल्सिनाको घरको भुई तलामा विद्युत लाईन सर्ट भई आगलागी सुरु भएको थियो ।

तिमिल्सिनाको काठको घरको मुख्य राखनधरन गरिने कोठामा रकेको बिजुली बक्सबाट विद्युत सर्ट भइ आगलागी भएको हो । आगलागीबाट तिमिल्सिनाको घरमा रहेका लत्ताकपडा, सामानहरु जल्दा अन्दाजी एक दुई लाख बराबरको क्षति भएको बताइएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।

आगलागी स्थानीयवासी मिलेर रातीनै नियन्त्रणमा लिएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।