मृगको मासु र बन्दुकसहित एक जना पक्राउ

समाचार शेयर गर्नुहोस्

सप्तरीको राजविराज नगरपालिका–५ का ४६ वर्षीय शैलेशकुमार झा मृगको मासु, बन्दुक र ४१ राउन्ड गोलीसहित शुक्रबार पक्राउ परेका छन्।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–८ स्थित कोशी बाँधछेउबाट झालाई दुईवटा बोरामा काटिएको अवस्थामा ३५ किलो मृगको मासु र हतियारसहित पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ।

सप्तरीका एसपी गजु सिद्धि बज्राचार्यका अनुसार उनको साथबाट एक थान २२ बोर मेगनम राइफल, ४१ वटा गोली, दुई थान म्याग्जिन, एक/एक थान गन स्टेन, क्यामेरा, पावर बैंक, दुरबिन, टर्च लाइट, मोबाइल समेत फेला परेको छ।

संरक्षित वन्यजन्तुको ताजा मासु चोरी सिकारी भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीले बैष्णोदेवी मन्दिर नजिक २२५ नम्बर कोशी बाँधबाट झालाई पक्राउ गरेको हो। दुईवटा बोरामा मासु लिएर हतियार भिरेर बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हतियार र वन्यजन्तुको ताजा मासुसहित पक्राउ परेका झालाई थप अनुसन्धानका लागि राजविराजस्थित डिभिजन बन कार्यालय सप्तरी पठाइएको छ। अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न थप व्यक्तिको पहिचान हुने स्थानीयले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।