अनिल र आसिफको‌ अर्धशतकमा नेदरल्याण्डसविरुद्ध नेपालको शानदार जीत

समाचार शेयर गर्नुहोस्

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जीत हात पारेको छ ।

नेदरल्याण्डसले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका अनिलकुमार साह र आसिफ शेखले अर्धशतक बनाए । शाहले ५७ रन बनाए भने शेखले ५४ रन बनाए । अनिल र आसिफ अर्धशतक प्रहार गर्दै अविजित रहे । कुशल भुर्तेल ११ बलमा २८ रन बनाएर आउट भएका थिए ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत यसअघि नेदरल्यान्डसले नेपालसामु १३८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालका लागि कुशल भुर्तेलले २० रन खर्चेर ४ विकेट लिए । उनले ७ ओभर बलिङ गरे । यस्तै ललिलनारायण राजवंशीले २, सोमपाल कामी र कप्तान रोहित पौडेलले एक-एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।