दुर्गा प्रसाईले आसाममा गरे आत्मसमर्पण, काठमाडौं ल्याइदै

समाचार शेयर गर्नुहोस्

काठमाडौं  २०८१ चैत्र २८ गते

राजा ल्याउने अभियान का जन कमाण्डर दुर्गा प्रसाई ले आत्मसमर्पण गर्दै आसाम प्रहरीमा गिरफ्तारी दिएको श्रोतले वताएको छ ।

राजधानीको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनमा हिंसा भड्काएको आरोप लागेका दुर्गा प्रसाईं लाई प्रहरी ले खोजिरहेको थियो । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक प्रसाईं उक्त घटनापछि भारततर्फ भागेका थिए ।

उनले आफुलाई भारत मै पक्राउ दिएको प्रहरी उच्च स्रोतले बतायो । ‘दुर्गा प्रसाईलाई नियन्त्रणमा लिएर काठमाडौँ ल्याउँने तयारी भैरहेको बताइएकोछ ।

तीनकुनेमा भएको प्रदर्शनमा उनले आन्दोलनकारीलाई उत्तेजित बनाउँदै प्रहरीलाई नै किच्ने शैलीमा गाडी दौडाएका थिए । सो लगत्तै दोहोरो झडप र गोली चलेको थियो भने पछि आन्दोलनकारी तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएका थिए ।

घटनालगत्तै भागेका उनले घटनाको १२ दिनपछि पक्राउ दिएका हुन् । यसअघि हिजो पनि एउटा भिडियो सार्बजनिक गर्दै ३६ घण्टामा ५ /५ जना नागरिक अधिकारकर्मी र वकिलको रोहबरमा गिरफ्तारी दिने बताएका थिए । साथै,

बुधबारमात्रै प्रसाईंले आफू बाध्यताले भाग्नुपरेको दाबी गरेका थिए । एक भिडियो सन्देशमार्फत उनले हजार माइलको यात्रा पनि शून्यबाट सुरु हुने बताउँदै भिजन भनेको एउटा व्यक्तिबाट सुरु हुने जिकिर गरेका थिए । ‘एउटै व्यक्तिबाट विचार बन्ने हो । आज दुर्गा प्रसाईँ एक व्यक्ति मात्र होइन । घर घर दुर्गा, हर हर दुर्गा बनेको छ । दुर्गा भनेको विचार हो,’ उनले भनेका थिए ।

उनले आफू भागेको नभएर यो मुद्दामा जोगिएको मात्र बताएका थिए । ‘म जोगिए भने मात्र यो जनविद्रोह सफल हुन्छ,’ उनले भनेका थिए, ‘म रहिन भने यो जनविद्रोह दबाएर जान्छ । किनभने पेरुमा जब गोन्जालोलाई पक्रेर मारियो, त्यसपछि पेरुको जनविद्रोह सकियो । म पेरु गोन्जालो बन्न चाहन्न । नेपालीहरूको नेता बन्न चाहन्छु । नेपालीलाई बचाउन चाहन्छु ।’

तीनकुने घटना हिंसात्मक भएपछि प्रहरीले राप्रपाका नेताद्वय धवलशमशेर राणा र रवीन्द्र मिश्रसहित दर्जनौँलाई यसअघि नै पक्राउ गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।