कञ्चनपुर । गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको संख्या पछिल्ला वर्षमा निरन्तर बढ्दै गएको छ। तर पश्चिमी नाका हुँदै नेपाल भित्रिएका पर्यटकलाई सुदूरपश्चिमका पर्यटकीय गन्तव्यमा केही समय रोक्न भने नसकिएको पर्यटन व्यवसायीको गुनासो छ।
अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार गत आर्थिक वर्षमा यो नाका हुँदै १ हजार ७५३ विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन्। सोही अवधिमा १ हजार ५३४ पर्यटक यही नाकाबाट बाहिरिएका छन्। पर्यटकबाट कार्यालयले १ करोड ५ लाख १८ हजार ११९ रुपैयाँ राजस्व संकलन गरेको छ।




