प्राकृतिक विपत्ति नेपाली समाजका लागि नयाँ विषय होइन। बाढी, पहिरो, भूकम्प र हिमपहिरोजस्ता घटनाहरूले दशकौँदेखि जनधनको क्षति पुर्‍याउँदै आएका छन्। तर पछिल्ला तीन दशकका विपत्तिहरूले एउटा गम्भीर सन्देश दिइरहेका छन्। १९९३ को मध्यपहाडी बाढी, २००८ को कोशी कटान, २०१४ को जुरे पहिरो, २०१५ को गोरखा भूकम्प, २०२१ को मेलम्ची बाढी तथा डेब्रिज फ्लो र हाल भोटेकोशी क्षेत्रमा आएको हिमाली सुनामीले हिमालय तीव्र रूपमा बदलिँदै गएको संकेत दिएका छन्। जलवायु परिवर्तनका प्रभावहरू अब वैज्ञानिक बहसको विषय मात्र नभई नेपालको विकास, अर्थतन्त्र र जनसुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको यथार्थ बनेका छन्।

विश्वव्यापी तापक्रम वृद्धिको असर हिमालय क्षेत्रमा औसतभन्दा तीव्र रूपमा देखिएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड)का अनुसार हिन्दुकुश-हिमालय क्षेत्र सन् १९५१ यता प्रतिदशक औसत ०.२८ डिग्री सेल्सियसका दरले तातिरहेको छ। पछिल्लो दशकमा हिमालयका हिमनदीहरूको पग्लिने दर अघिल्लो दशकको तुलनामा करिब ६५ प्रतिशतले बढेको छ। उच्च उत्सर्जनको अवस्था कायम रहे सन् २१०० सम्म क्षेत्रका ७० देखि ८० प्रतिशत हिमनदी हराउन सक्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन्।यस

स्रोतमा पूरा पढ्नुहोस्(annapurnapost.com)सम्बन्धित विषय

मौसम

टिप्पणीहरू