काठमाण्डाैँ,
५ चैत, कैलालीमा टीकापुर साहित्य समाजले यही चैत २५ देखि २७ गतेसम्म साहित्य महोत्सव आयोजना गर्न लागेको हो ।
यस्तै नेपाली खस भाषा, साहित्य र संस्कृति तथा डोटेली सम्यता र वैद्यनाथ क्षेत्रको मूल थलोका रुपमा रहेको सुदूरपश्चिम प्रदेशको साहित्य, कला, इतिहास, पुरातात्विक सम्पदा, प्रकृति, पर्यटन तथा सामाजिक विकासका सम्भावनालाई उजागर गर्ने महोत्सव आयोजना गरिएको समाजले जनाएको छ ।
तीन दिने महोत्वसमा साहित्य, कला र संस्कृतिसम्बन्धी २१ वटा अन्तर्बहसका सत्रहरू सञ्चालन गरिनेछ । हरेक दिन सात/सात सत्रहरू सञ्चालन गर्ने गरी तयारी थालेको समाजाले जनाएको छ ।