३० जेठ, काठमाडाैं

संघीय संसद, प्रतिनिधि सभा,महिला तथा सामाजिक मामिला समितिले राष्ट्रिय समावेशी आयोग र थारु आयोगको प्रस्तुतीबारे छलफल गर्न आजका लागि बैठक बोलाएको छ ।

बैठक बिहान ११: ३० बजे पछि बस्ने समितिले जनकारी गराएको छ। आजको बैठकमा राष्ट्रिय समावेशी आयोग र थारु आयोगको प्रस्तुती सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ।