भ्रष्टाचारी बिरुद्धको कदम सुरु गरेसँगै देशका भ्रष्टाचारीहरु धमाधम भाग्न थालेको छ : रवि लामिछाने

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भक्तपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समिति गठन कार्यक्रममा बोल्दै जनताकाे पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने प्रतिपक्षको रुपमा उभिने बताउनुभयाे ।

उक्त कार्यक्रममा बाेल्दै लामिछानेले सरकारले भ्रष्टाचारी बिरुद्धको कदम सुरु गरेसँगै देशका भ्रष्टाचारीहरु धमाधम भाग्न थालेको बताउनुभयो ।

सभापति लामिछानेले भन्नुभयो, “प्रधानमन्त्रीलाई मैले हिजो बालुवाटारमा गएर भेटेको छु, मैले उहाँलाई हौसला दिएर आएको छु, भ्रष्टाचारका सबै फाइल एक पछि अर्को खोल्नुस्, जुनसुकै दलका नेता परेपनि जोगाउँन नलाग्नुस्, दोषी माथि कारबाही गर्नुस्, हाम्रो पार्टी नागरिकको पक्षमा काम गरे सहयोग गर्छौँ ।”

उनले सरकारलाई दाेषीमाथी कारबाही र पक्राउ गर्न खुट्टा नकमाउन आग्रह गरेका छन्। यस्तै उनले नक्कली भुटानी शरणार्थी काण्डमा सरकारलाई धन्यवाद दिएकाे र वाइडबडी, यति, ओम्नीलगायतका सबै काण्डहरुको फाइल खोल्दै गए धन्यवाद दिँदै जाने र सहयोग गर्दै जाने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।