पृथ्वी राजमार्गको मलेखु-मुग्लिन सडक खण्ड अन्तर्गत घोप्टेभीरमा गएको सुक्खा पहिरोका कारण यातायात अवरुद्ध भएको छ ।

आज बिहानै ठूलो सुख्खा पहिरो झरेकाले सडकमा यातायात दुईतर्फी सवारी जाम लागेको छ । नागढुङ्गा-मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार मुग्लिनतर्फबाट सडक डिभिजन कार्यालय भरतपुरको लोडरले पहिरो पन्छाइरहेको छ ।