यसपालि भाइटीकाको दिन देशका केही भूभागमा वर्षाको पूर्वानुमान छ । भाइटीका अर्थात् बुधबार (कात्तिक २५) हिमाली र पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर, ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाकी मौसमविद् माधवी सिग्देलले बताइन् । “टीकाको दिनको लागि पानी पर्ने सम्भावनाचाहिँ छ, ठूलो त होइन, हल्का मात्र हो,” उनले बाह्रखरी सित भनिन् ।