काठमाडाैं,

मोदी इनर्जी लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । आइतवार विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले बैशाख १९ गते देखि २४ गते सम्म ५५ लाख ५९ हजर ४२० कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो।कर्मचारीहरुका लागि छुट्याइएको सेयरमा बाँडफाँट नभएको ५२ हजार ८४० कित्तासहित गरी कुल ५६ लाख १२ हजार २६० कित्ता सेयर सर्वसाधारण्मा बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो । जसमध्ये ६ हजार ५२८ आवेदन रद्द भएको छ भने बाँकी १२ लाख २९ हजार ७४१ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार योग्य आवेदकहरुलाई गोलाप्रथाबाट सेयर बाँडफाँट भएको हो । स्वीकृत आवेदनमध्ये ५ लाख ६१ हजार २२६ आवेदकलाई १० कित्ताका दरले कम्पनीको सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।