काठमाडौं,
बीमा कम्पनीहरूले सरकारी अनुदानमा सञ्चालित कृषि, पशुपंक्षी बीमा जेठ ७ गतेदेखि यो कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छन्।
कृषि, पशुपंक्षी बिमाको अनुदान रकम नपाएको भन्दै बिमा कम्पनीले सो निर्णय गरेको हो।
२०७७ देखि पाउनुपर्ने करीब तीन अर्ब रूपैयाँ बराबरको अनुदान नपाएकोले यो बीमा कार्यक्रम रोक्ने निर्णय गरेका हुन्।
१० वर्षदेखि कम्पनीहरूले सञ्चालन गरिरहेको यो कार्यक्रमको सामान्यतया एक वर्षपछि मात्रै प्राप्त गर्दै आएका छन्।
अन्य मुलुकमा सरकारबाट अनुदान प्राप्त भएपछि मात्रै कम्पनीहरूले कृषकलाई भुक्तानी गर्दै आएको भएपनि नेपाली कम्पनीहरूले भने दाबी लगत्तै भुक्तानी दिने गरेको दाबी गरेका छन्।
यही कारण कम्पनीहरूले सरकारबाट २०७७ सालदेखि भुक्तानी लिन बाँकी रहेको हो।








