काठमाडाैं,

साताकाे पहिलाे दिन नेपाली बजारमा  सुनकाे मुल्य ८ सय रूपैँयाले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुनकाे मुल्य आज ताेलामा एक लाख १० हजार पुगेकाे छ।

सुनकाे मुल्य बढ्नुका साथै चाँदीकाे मुल्य पनि बढेकाे छ। चाँदी ताेलाकाे १५ रूपैँयाले बढेर आज एक हजार तीन सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।