काठमाडाैं, १२ जेठ
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको मर्यादाविपरीत आफूविरुद्ध आरोप लगाएको भन्दै आक्रोश पाेखेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनले माओवादी सांसदले बकवास आरोप लगाएको बताए।
उनले जँड्याहाले पनि त्यस्तो कुरा नबोल्ने भन्दै आरोप पुष्टि गर्न चेतावनी दिए। ‘आज संसद अरुवद्ध भयो। हुन पनि पर्छ। माओवादी सांसदले रोस्टममा बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो, कहाँ गयो त्यो? भनेर आरोप लगाउनुभयो। पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रस्टाचार गर्यो भनेर बोल्यो। यस्तो बकवास आरोप। एउटा जँड्यहाले रक्सीको तालमा हिँड्दा पनि त्यस्तो कुरा बोल्दैन,’ उनले भने








