१५ जेठ, काठमाडाैं
राजविराजबाट स्राेत नखुलेकाे पाँच सय दरका भारतीय नाेटसहित प्रहरीले एक जनालाइ नियन्त्रणमा लिएकाे छ।
आइतबार राति राजविराज–७ स्थित गजेन्द्र चौकमा रोकी राखिएको स १ त १३७४ नम्बरको पिकअप लाई जाँच गर्दा स्रोत नखुलेको भारतीय पाँच सय दरका ४ सय थान नोट (दुई लाख भारतीय रुपैयाँ) बरामद गरिएकाे सप्तरी प्रहरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
रकम, पिकअप र चालक राजविराज नगरपालिका ९ मलेठका श्याम सुरेश यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी सिंहले जनाए।








