१८ जेठ,काठमाडाैं
पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७४० नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १८० र एन्टिजेनबाट ५६० नमुना परीक्षण गर्दा पीसीआरबाट ३ र एन्टिजेनबाट १ को रिपोर्ट पोजिटिभ आएको हो।
४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २२ पुगेको मन्त्रालयले जनाएको छ ।