चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन-असोज) मा नेपालले करिब साढे ४ अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा कुल ५ करोड ६८ लाख ९३ हजार १ सय २० किलो अर्थात् ५६ हजार ८ सय ९३ टन धान, चामल, कनिका र बिउ स्वदेश भित्रिएको छ ।