राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा) ले भारतलाई तथानाम गाली गरेर वा विरोध गरेर मात्रै नेपाली राष्ट्रियता मजबुत नहुने बताएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले हालै भारतमा दिएको अभिव्यक्तिको बचाउ गर्दै उनले छिमेकीसँग मिलेर अघि बढ्ने आशयका साथ उक्त अभिव्यक्ति आएको दाबी गरे।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद खरेलले अर्थमन्त्री वाग्लेले भारतमा गएर सद्भाव र मित्रभाव मात्र प्रकट गरेको स्पष्ट पारे। ‘भारतको विरोध गरेर राष्ट्रवादी बन्ने युग सकियो भन्नुको आशय छिमेकी–छिमेकी मिलेर अघि बढौँ भन्ने हो,’ खरेलले भने, ‘कसैलाई पनि गाली गरेर राष्ट्रियता बलियो हुँदैन।’








