अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व रोक्न दुवै देशमाथि २५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएको दाबी दोहो¥याएका छन् । आफूले अन्त्य गरेको दाबी गरेका आठ युद्धमध्ये पाँचवटा व्यापारिक दबाबबाट समाधान भएको उनको भनाइ छ ।

टेक्सासको कर्पस क्रिस्टीमा बुधबार आयोजित चुनावी सभामा उनले दुवै देशका प्रधानमन्त्रीलाई युद्ध जारी राखे अमेरिकासँग व्यापार गर्न नदिने चेतावनी दिएको बताए । उक्त दबाबपछि युद्धविराम भएको र पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफूले कम्तीमा तीन करोड मानिसको ज्यान बचाएको बताएको उनको दाबी छ ।