१९ जेठ, काठमाडाैं

दाङमा बलात्कार आराेपमा एक युवक पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका-१६ का ३४ वर्षीय मार्शल रोका गत मंगलबार पक्राउ परेका हुन्। उनले एक समय आफुलाई युवा वैज्ञानिकका रुपमा चिनाएका थिए।

आफूलाई बिहे गर्छु भनी बलात्कार गरेको भन्दै तुलसीपुरकी एक महिलाले दिएको किटानी जाहेरीपछि जिल्ला प्रहरी कार्यालय दाङले उनलाई अनुसन्धानका लागि जेठ १६ गते (मङगलबार) नियन्त्रणमा लिएको हो ।  उनी घोराही उपमहानगरपालिका–१६ कपासी बस्दै आएका थिए ।

मर्शलमाथि थप अनुसन्धान गर्न प्रहरीलाई सात दिन हिरासतमा राख्ने अदालतले अनुमति दिएको छ । मार्शलले बिहे गर्छु भनेर घरमा लगेर एक रात ती महिलालाई राखेको उजुरीमा उल्लेख छ ।