२८ जेठ, काठमाडाैं

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुनको मुल्य शुक्रबारकै मूल्यमा कारोबार हुने भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

आज छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजावी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार हुनेछ ।