२९ जेठ, काठमाडाैं
माेरङमा कलमा माेटर जाेड्ने क्रममा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ।
विद्यानन्द ठाकुरको घरमा नयाँ कल गाडेर मोटर जोड्ने क्रममा करेन्ट लाग्दा ग्रामथान–३ का अन्दाजी ४६ वर्षीय सिरु माझीको मृत्यु साेमबार दिउँसाे भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार दिउँसो २ बजेतिर करेन्ट लागेर माझी गम्भीर घाइते भएका थिए।
उपचारका लागि विराटनगरको कोसी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी उनले दिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








