२९ जेठ, काठमाडाैं

चार वर्षीया बालिकामाथी जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।उदयपुरको कटारी नगरपालिका–३ हडिया बस्ने १६ वर्षीय किशोरलाइ प्रहरीले साेमबार दिउँसाे पक्राउ गरेका छन्।

किशोरले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।