४ असार, काठमाडाैं

राष्ट्रिय स्वतन्त्र पार्टीले दस्तावेज माथि समूहगत छलफल गरेर अन्तिम रुप दिने भएको छ ।

सोमबार बिहान बसेको केन्द्रीय तथा संसदीय समितिको संयुक्त बैठकले दस्तावेजका लागि ७ वटा समूहबाट प्रतिनिधि हुने र इच्छुकहरू मध्येबाट कुल १७ जनाको प्रतिनिधिमण्डल बनाउने निर्णय गरेको महामन्त्री तथा पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

“विभाजित सातवटा समूहबाट प्रतिनिधि हुने गरी इच्छुकहरूमध्येबाट कुल १७ जनाको प्रतिनिधिमण्डल बनाई पहिलो ड्राफ्टमा परेका संशोधन एवं आवश्यक छलफल गरी दोस्रो ड्राफ्ट तयार गर्ने र फेरि नीति, विचार कार्यशाला गर्ने निर्णय भएको छ,” उनले भने ।

महामन्त्री ढकालका अनुसार आउँदो भदौ दोस्रो सातासम्म दस्तावेजको अन्तिम ड्राफ्ट सभापतिलाई बुझाउने तयारी रहेकाे छ।