५ असार,काठमाडाैं

सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।

मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ ।आज शहरी विकास, खानेपानी, अर्थ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल जारी रहने सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।