काठमाडाैं,असार ६ गते । पहिरो गएपछि नारायणगढ मुग्लिङ सडक खण्ड अवरुद्ध भएको छ। प्रहरीका अनुसार आज दिउँसो पौने २ बजे चितवन ईच्छाकामना गाउँपालिका ६ नाम्सीपुल स्थित नारायणगढ मुग्लिङ सडक खण्डमा सडक माथि बाट सुक्खा पहिरो गएपछि दुईतर्फी सडक अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरीको टोलीले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने तयारी भइरहेको छ








