नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार स्वेच्छाचारी र हुकुमी शैलीतर्फ अग्रसर भएको आरोप लगाएका छन्। पार्टी कार्यालय सानेपामा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले संविधान,प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका विषयमा सरकारले देखाएको पछिल्लो व्यवहारले आफूहरूलाई चिन्तित बनाएको बताए।

मिडिया हाउसमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने र चौतर्फी विवाद भएपछि उन्मुक्ति दिने सरकारको शैली आपत्तिजनक रहेको उनको भनाइ छ।