काठमाडाैं,

बाँकेको कोहलपुरमा शुक्रबार बिहान काेहलपुर नगरपालिका–२ बर्दहवा बस्ने ६६ वर्षीया मायारानी थारुको करेन्ट लागेर मृत्यु भएको छ।

प्रहरीका अनुसार मायारानीको आफ्नै घरको धारामा जोडेको मोटरबाट करेन्ट लागेर मृत्यु भएको हाे।

घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।