काठमाडाैं,
भारतको ओडिशाको गञ्जम जिल्लामा गएराती भएको बस दुर्घटनामा कम्तीमा ११ जनाको ज्यान गएको छ ।
दुर्घटनामा आठ जना यात्रु गम्भीर घाइते भएको बीबीसी हिन्दीले जनाएको छ । घाइतेहरूलाई ओडिशाको बेरहमपुर जिल्लाको एमकेसीजी मेडिकल कलेजमा भर्ना गरिएको छ।
ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो । मृतकहरु निजी बसमा सवारहरु रहेको बताइएको छ ।
ओडिसाका मुख्यमन्त्रीले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३-३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।