काठमाडौं, ११ असार ,
पशुपतिनाथ मन्दिरको जलहरीमा आधा केजी सुन कम पाइएको छ । जलहरीका सन्दर्भमा विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो (आईतबार) जलहरीको नापजाँच गरेको थियो । पशुपतिको जलहरीमा कूल एक सय सात केजी ९५३ ग्राम सुन हुनुपर्नेमा आधा केजी सुन कम पाइएको हो ।
पशुपति क्षेत्र विकास कोष, अख्तियार अनसुन्धान आयोग, नेपाली सेना, सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल प्रहरी, पशुपतिनाथका पुजारीलगायतको रोहवरमा गरिएको नापतौलमा आधाकेजी सुन कम पाइएको हो ।
दिनहुँ दही तथा जलले नुहाइदिँदा झण्डै आधाकेजी सुन कम पाइएकाे कोषले जनाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिमा सुनको जलहरी राख्दा अनियमितता भएको कुरा केही समय अगाडि संसदमा उठेको थियो।








