काठमाडाैं,

नवलपरासीको सुनवल नगरपालिका–१३ बिचैपुरमा छोराले आमाको हत्या गरेका छन्।

सोमबार साँझ २५ वर्षीय शिवकुमार मुसहरले ५० वर्षीया बुद्धिरानी मुसहरको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिए । हत्या गरेर शवलाई घरभित्र छाडेर शिवकुमार फरार भएका थिए।

हत्यापछि फरार रहेका शिवकुमारलाई रुपन्देहीको गैंडाहवा–८ मैनिहवामा लुकेर बसेको अवस्थामा प्रहरीले मंगलबार बिहान पक्राउ गरेकाे हाे।

शिवकुमारले यसअघि पनि २ पटकसम्म आमालाई बेहोस हुने गरी कुटपिट गरेर छाड्ने गरेको प्रहरीले जनाएको छ। आमालाई मात्र होइन उनले श्रीमतीलाई पनि दैनिक रूपमा कुटपिट गर्ने गरेका थिए।

के कति कारणले आमाको हत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।