काठमाडाैं,१४ असार
सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
बिहीबार साढे १२ बजे इच्छाकामना गाउँपालिका-६ मुग्लिन-नारायणगढ सडकखण्डको तीन नम्बर पुलमा सुख्खा पहिराे खसेर सडक अवरूद्ध भएकाे हाे।
पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारी साधन रोकिएका छन्।अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आज बिहान पनि सोही ठाउँमा पहिरो खस्दा सडकखण्ड एक घण्टा अवरुद्ध भएको थियो ।








