काठमाडाैं,१७ असार

सांसद अमरेशकुमार सिंहले सरकारले गाउँगाउँमा गरिब जनतालाई विनाधितो बैंकहरूले ऋण दिने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘सबै बैंकहरु ठूला व्यापारीका लागि छन्। ठूलो नेताहरुको घरघरमा त ठूला व्यापारी आउँछन्। विचरा, गरिव, दलित, किसान त आउँदैनन्। कुनै चेपाङ त आउँदैन। त्यो कारणले आज जगदम्बा ग्रुपले कति ऋण लिएको छ ? चौधरी ग्रुपले कति ऋण लिएको छ ? ज्योति ग्रुपले कति ऋण लिएको छ ? ठूलाठूलाले अर्वौमा ऋण लिने, त्यो गाउँका गरिवलाई एक लाख ऋण दिन्छ ? विना धितो ऋण दिन्छ ?’

सांसद सिंहले भने ,गरिबसँग धितो राख्ने कुनै सम्पत्ति नहुने भएकाले उनीहरूलाई राज्यले नै जमानी बसेर बैंकहरूबाट ऋण लिने व्यवस्था गर्नुपर्नेमा पनि बताए ।