काठमाडाैं,१८ असार

काठमाडौंको ठमेलस्थित चर्चित एलओडी क्लब पुगेकी एक १५ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

उदयपुर स्थायी घर भई कोटेश्वर बस्ने १५ वर्षीया बालिकालाई एलओडी क्लबबाट ललितपुरको बागडोल पुर्‍याएर बलात्कार गरेकाे आरोपमा पाेखरा घर भइ हाल ललितपुरकाे बागडाेल बस्ने ५० वर्षीय सुदनबहादुर काेइरालालाई प्रहरीले पक्राउ गरेकाे छ।

सुदनले १५ वर्षीया बालिकालाई ३१ जेठमा एलओडी क्लबबाट आफ्नै गाडीमा राखेर आफ्नाे अफिस बागडोल पुर्‍याएर बलात्कार गरेका हुन् । बालिकालाइ बलातकार गरेकाे उजुरी परेपछि सुदनलाई पक्राउ गरिएकाे प्रहरीले जनाकारी दिए ।