काठमाडाैं,२४ असार
काठमाडौं महानगरपालिकाले सेफ्टी ट्याङ्कीकाे फाेहाेर ढलमा मिसाउने एकजनालाई कारबाही गरेको छ ।
महानगरका अनुसार काठमाडौं-६ स्थित बौद्धका गोकुलबहादुर बुढाथोकीले सेफ्टी ट्याङ्कीको फोहोर ढलमा मिसाएको पाइएपछि ५० हजार रूपैयाँ जरिवाना तिराइएको हो।पछिल्लो समय काठमाडौँको वातावरण स्वच्छ राख्न महानगर प्रहरी बलले सक्रियता बढाएको छ ।








