काठमाडाैं, २५ असार
नेपालबाट वैदेशिक अध्ययनमा जानेहरुमार्फत ११ महिनाको अवधिमा ७५ अर्ब १४ करोड रुपैयाँ विदेशिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार शिक्षाको प्रयोजनका लागि यो बराबरको रकम बाहिरिएको हो । अघिल्लो आर्थिक वर्षको जेठ मसान्तसम्म शिक्षाका लागि ५१ अर्ब ३४ करोड रुपैयाँ विदेशिएको थियो ।
नेपालमा सेवातर्फको आय ५७ अर्ब ७४ करोड रुपैयाँ घाटामा रहेको छ । ११ महिनामा पर्यटकमार्फत ५१ अर्ब ८८ कराेड रूपैँया आय भएकाे । याे गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ९३.८ प्रतिशत धेरै हाे।








