काठमाडौं,२८ असार

बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले ठगी गर्ने सहकारीहरूलार्ई कानुन अनुसार कारबाही गरिने बताएकी छन्।

उनले ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ गरिब परिचयपत्र वितरण कार्य सकिएको जानकारी गराइन् ।

१५ जिल्लामा गुनासो सुनुवाइको कार्य जारी रहेको र १३ जिल्लाको तथ्यांक विश्लेषण गर्ने कार्य भइरहेको उनले बताइन् ।