काठमाडौं,२८ असार

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।

२७ असारमा कार्यालयको टोलीले काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधरलाई सानो भर्‍याङबाट पक्राउ गरेको हो ।

तुलाधर पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ पुगेको छ ।

यसअघि नै जिल्ला अदालत काठमाडौँको आदेशमा बालकृष्ण खाण, टोपबहादुर रायमाझीलगायत प्रतिवादी पुर्पक्षका लागि थुनामा रहेका छन् ।