काठमाडाैं, १ साउन

राष्ट्रिय स्वतन्त्र पार्टिका उपसभापति डाेलप्रसाद अर्याललाई सफाया गरिदिने भन्दै धम्की दिने एक युवक पक्राउ परेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले  ३० वर्षीय विजय कालीकोटेलाइ पक्राउ गरेकाे हाे।

कालिकाेटेलाई काठमाडौंको कपनबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन्

उनीविरूद्ध थप अनुसन्धान भइरहेको एसएसपी कार्कीले जनाएकाे छ।