काठमाडाैं,१ साउन

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तस्वीरसहित गलत कुरा लेखेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरेको आरोपमा शेयरबहादुर राना पक्राउ परेका छन् ।

शेरबहादुरलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो र विवरण दुरुपयोग गर्दै बनाइएको भारतीय कार्ड सामाजिक सञ्जालमा सेयर गरेको अभियोगमा पक्राउ परेकाे हाे।

शेरबहादुरले छविलाल दाहालको नाम र फोटो राखेर भारतीय आयकर कार्ड,राशन कार्ड र आधार कार्ड बनाई सामाजिक सञ्जालमा हालेका थिए । केन्द्रीय साइबर ब्युरोले आइतबार बुटवल देवीनगरबाट रानालाई पक्राउ गरेको हाे। उनलाई काठमाण्डौमा साईबर क्राईम सम्बन्धि मुद्दा चलाइने प्रहरीले जनाएकाे छ।